२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

बीपीलाई अनुशरण गर्ने कि सम्झने ?

गोकर्ण अर्याल

काठमाडौं । यो साता नेपाली राजनीतिका दुई शिखर व्यक्तित्व बीपी कोइराला र पुष्पलाल श्रेष्ठको विशेष रुपमा सम्झना भइरहेको छ । नेपाली काँग्रेसका संस्थापक नेताबीपी कोइरालाको ३७ औं स्मृति दिवस साउन ६ र कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवस साउन ७ गते परेका कारण पनियी दुबै राजनीतिक व्यक्तित्वलाई विविध कार्यक्रममार्फत् स्मरण गर्ने काम भइरहेको छ ।

विशेषतः बीपीको राजनीतिक अनुयायी दल नेपाली काँग्रेस र उहाँका नाममा खडा भएका विभिन्न संघ संस्थाले बीपीलाई सम्झेका छन् । उहाँको बहुआयामिक व्यक्तित्व झल्कने किसिमका कार्यक्रमहरु भइरहेका पनि छन् । तर प्रश्न छ– वर्षदिनमा एक पटक सम्झेर वा बखान गरेर बीपीप्रतिको सच्चा सम्मान ठहर्छ कि ठहर्दैन ।

यति बेला बीपीका राजनीतिक अनुयायीहरुले उहाँको राजनीतिक आदर्शलाई कुन रुपमा अनुशरण गरिरहेका छन् ?वास्तवमा वर्तमान सन्दर्भमा बीपीका राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तनहरुलाई कुन रुपमा कसरी परिभाषित गरिएको छ भन्ने विश्लेषण हुन जरुरी छ । हुन त कतिपय सन्दर्भमा बीपी विचारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले बीपीको राजनीतिक आदर्शलाई पालना गर्न नसकेको भन्ने आरोप पनि खेपिरहेको छ ।

यसको विश्लेषण सम्वद्धपक्षबाट हुने छ । योसँगै बीपीलाई राजनीतिक रुपमा प्रमुख दुश्मन ठान्नेहरु पनि आज बीपीलाई बुझ्न नसकेकोमा पश्चातताप गरिरहेका छन् भने हिजो बीपीलाई फाँसी दिनुपर्दछ भन्ने राजनीतिक सोच बोकेका हरु आज बीपीलाई आफ्नो राजनीतिक आदर्श ठान्न थालिसकेका छन् ।

बीपीलाई बुझ्ने सोच र विचारमा यसरी परिवर्तन देखिनु बीपीको राजनीतिक सोच र चिन्तन यथार्थमा आधारित थियो र छ भन्ने कुराको पुनर्पुष्टि पनि हो । हुन तबीपीएक खुला किताव याने दर्शन,जस्ले जसरी पनि बुझ्न सक्दछ ।

एउटा सामान्य मानिसले पनि आफ्नो तहबाट बीपीलाई जानेको छ ,बुझेको छ र त्यसैको आधारमा बीपीप्रति सम्मान प्रकट गरेको छ । त्यसभन्दा उपल्लो तहले पनि बीपीको राजनीतिक , साहित्यिक र दार्शनिक चेतलाई व्याख्या–विश्लेषण गरिहेको छ । यसरी नै बीपी जीवनको रहस्य खुल्दैछ ।

तर यस किसिमकागुण र विशेषता बोकेका बीपी कोइरालाको स्मृति दिवस औपचारिक कार्यक्रम गरेर मात्र पूरा हुन्छ कि हुदैँन योअहं प्रश्नमा रजनीतिक वृत्त गम्भीर छ ?बीपीको योगदानको चर्चा गर्नेहरु कतिले बीपीको आदर्श र निष्ठाको अनुसरण गरेका छन् ? उहाँको अनुयायी बन्न के गर्नुपर्दछ भन्ने कतिले जानेका छन्, बुझेका छन् ?अथवा बीपीको राजनीतिक सपना पूरा गराउन अहिलेको राजनीति कत्तिको सहयोगीबनेको छ ?

वास्तवमा बीपी राजनीतिमा सिद्धान्तनिष्ठ,एक सच्चा राष्ट्रवादी नेताको रुपमा उभिनुभयो । यस विपरित जीवनभर कसैसँग कुनै किसिमको सम्झौता पनि गर्नु भएन । उहाँका यिनै आदर्श र निष्ठाले राणा शासन र पञ्चायती निरंकुशताको अन्त्य गरायो । यसैले मुलुकलाई प्रजातान्त्रिक समाजवादको मार्गमा अघि बढाउदै समाज रुपान्तरणको नयाँ खाका निर्माण गर्यो । यस अर्थमा पनि बीपी देश र दुनियाँ बुझेको सच्चा राष्ट्रवादी नेता हुनुहुन्थ्यो । यसै कारण आफूमाथि लागेका सात–सातवटा फाँसीका मुद्धाको कुनै पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा प्रवास जीवन त्यागेर स्वदेश फर्किनु भयो ।

देशभित्रै बसेर नागरिक हक अधिकारका लागि आफूलाई संघर्षमा उतार्नुभयो । उहाँको त्यही संघर्षले २०३७ सालमा जनमत संग्रह गरायो भने यही संघर्षको निरन्तरताले २०४२ सालको सत्याग्रह , २०४६ सालको जन आन्दोलन र २०६२, ६३ को जनआन्दोदन सफल तुल्यायो ।

वास्तवमा बीपीका यी र यस्तै संघर्ष र अठोटले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको हो । उहाँले आफ्नो राजनीतिक जीवनमा कहिल्यै पनि आफूलाई केन्द्रमा राखेर काम गर्नुभएन । सदैव देश र जनताको स्वार्थमा आफूलाई समर्पित तुल्याउनु भएकैकारण बीपी बीपी बन्नु भएको हो ।

वर्तमानमात्यो नदेखिदा मुलुकमा ठूला ठूला परिवर्तन भए पनि त्यसको अनुभूति आम नागरिकले गर्न पाउने अवस्था निर्माण हुन सकिरहेको छैन । राजनीतिक दलहरु देश र जनताको पक्षमाभन्दा पनि दलीय स्वार्थ र दलभित्रका गुट उप गुटमा विभक्त रहेका कारण ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संविधान अनुरुप मुलुकमा निर्माण भएका तीन तहका सरकारल जन अपेक्षा अनुरुप काम गर्न सकिरहेका छैनन् । यस सन्दर्भमा राजनीतिक दलहरुलेबीपीबाट सिक्नुपर्ने धेरै कुरा छन् ।

एउटा राजनेतामा हुनुपर्ने विशेष गुण र क्षमताकै कारण बीपीले देशलाई समृद्ध तुल्याउने खाकातय गर्नुभयो ।उहाँमासवै नेपालीलाई आफू जस्तै मध्यम वर्गीय परिवार बनाउने सोच र चिन्तन थियो । सवै नेपालीका घरमा एउटा दुहुनो गाई होस, सवैका छोरा छोरीले पढ्न लेख्न पाउने अवस्था बनोस , विरामी पर्दा सामान्य औषधिमूलो व्यवस्था हुन सकोस भन्ने बीपीको चहाना थियो । यस अर्थमा उहाँ सच्चा समाजवादी नेता हुनुहुन्थ्यो ।

त्यसै कारण १८ महिना देशको प्रधानमन्त्रीको पदमा रहदा देशलाई समृद्धको बाटोमा अगाडि बढाउने धेरै योजना र खाका तय गर्नुभयो । गरिव किसान र गाउँको विकासलाई केन्द्रमा राखेर मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने बीपीको परिकल्पना अहिले पनि सान्दर्भिक र यथार्थमा आधारित छ । हुन पनि असी प्रतिशत जनताको वसोवास रहेको क्षेत्र र पेशालाई पर्गलेर मुलुकको परिवर्तन संभव छैन र हुन पनि सक्दैन ।

बीपीले साहित्यको माध्यमबाट पनि राष्ट्र प्रेम र मानवीय सेवाको भावना प्रस्तुत गर्नुभएको छ । यस कारण बीपीको समग्र जीवनमा विभिन्न पक्ष र पाटा जोडिएका छन् । यथार्थमा बीपीलाई जान्न र बुझ्न यी सवै पक्षको अध्ययन आवश्यक छ । बीपीको साहित्यिक, राजनीतिक र दार्शनिक पक्षले नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउन ठूलो ऊर्जा र प्रेरणा प्रदान गरेको छ । राजनीतिले अपेक्षा गरेका कुरालाई साहित्यको माध्यबाट व्यक्त गर्ने काम बीपीले गर्नुभएको छ ।यसरी हेर्दा बीपीको राजनीतिक र साहित्यिक दुवै विधा समानन्तर रुपमा अगाडि बढेको पाइन्छ ।

समाजमा हुने सवै किसिमका गतिविधि र प्रवृत्तिलाई बीपीले साहित्य मार्फत् प्रकट गर्नुभएको छ । उहाँले आफ्ना साहित्यिक कृतिहरुमा मानवीय स्वतन्त्रता र अस्तित्वको खोजी गराउने कृतिका पात्रहरुमार्फत् गराउनु भएको छ । यसका लागि संघर्ष पनि गराइएको छ । यसर्थ उहाँका साहित्यले राजनीतिक चेतनालाई बोकेको छ भन्दा अन्यथा हुने छैन । फेरि साहित्यकार दिव्य दृष्टि राख्ने वर्ग र समुदाय भएकाले साहित्यमा राजनीतिक चिन्तन र चासो व्यक्त हुनु अस्वभाविक मान्न सकिदैँन । हुन त बीपीको राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वबाट तर्सेकाहरुले उहाँको कदलाई होच्याउन विभिन्न लाञ्छनाहरु प्नि लगाउने काम नभएको होइन ।

पञ्चायत कालमा बीपीका कृति जलाउनेदेखि बीपीलाई छाडा लेखकको संज्ञा दिनेहरु बीपीको व्यक्तित्वबाट तर्सिनेहरु नै थिए । अन्ततः यसैको परिणाम जनताबाटनिर्वाचित पहिलो सरकारका प्रधानमन्त्री बीपी कोइरालाले लामो समय जेलको कष्ट समेत व्यहोर्नु पर्यो । तत्कालीन राजा महेन्द्रले मुलुकको स्वतन्त्रता खोसेर नेपाली जनताको लोकप्रीय नेतालाई जेलको कोठरीमा राखेपनि साहित्यमार्फत बीपीले प्रतिवाद गरिरहनु भयो । बीपीको यही प्रतिवद्धता र अठोटले निरंकुशतालाई घुडा पनि टेकायो ।

यी अठोट र संघर्षका बीच उहाँले मानिस ठूलो होइन असल बन्नु पर्दछ भन्ने सन्देश दिनुभएको छ ।आज ठूलो बन्ने होडमा रहेको समाजले यसको अलिकता हेक्का गर्ने अवस्था बन्यो भने पनि बीपीलाई सम्झेको ठहर्नेछ । बीपीलाई सम्झने कि अनुशरण गर्ने आजको अहं प्रश्न पनि यही हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *