२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

सीटीजन्स् सम्पादकीय

काठमाडौं । बेलायती लेखक तथा पत्रकार ह्यारोल्ड म्याथ्यु इभान्सले समाचारलाई जनताको रुपमा अर्थ्याएका छन् । उनले भनेका छन्, ‘जनता नै समाचार हुन् ।’ हामी पनि यही सिद्धान्तलाई पछ्याउँदै सीटीजन्स् पाटीको रुपमा यहाँहरुसमक्ष प्रस्तुत भएका छौं ।

न्यूज पोर्टलहरुको भीडमा एक समाचार संवाहकको रुपमा उदाएका हामी पत्रकारिताको सीमा र परिधिलाई शिरोपर गर्दै जनतासमक्ष सम्प्रेषित हुनेछौं ।

हामी जनतालाई सु–सूचित पार्नु र समाजलाई सकारात्मकतासम्म तान्नुलाई आफ्नो दायित्व र राम्रा कामको प्रोत्साहन र नराम्रा कामको निरुत्साहित पार्नुलाईआफ्नो धर्म सम्झन्छौं ।

नेपालको संविधानतः राष्ट्रको चौंथो अंगका रुपमा अडिएका हामी लोकतन्त्रान्त्रिक मुल्य र मान्यतालाई स्वीकार्दै अलोकतान्त्रिक कर्मप्रति जबर्दस्त देखिन्छौं ।

यत्ति मात्रै होइन, हामी सहीलाई सही र गलतलाई गलत भन्ने हैसियत राख्दै ‘सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ । तर, पत्रकारिता बिनाको राज्यको कल्पना गर्न सकिँदैन’ भन्ने उक्तिलाई जीवन्त तुल्याउँछौं ।

विज्ञानप्रविधिले विश्वमा ल्याएको आमूल परिवर्तणलाई ध्यानमा राख्दै आफ्नो आनीबानी फेर्नुभएका तपाईँदेखि पुरातन संस्कार तथा रीतिसँग झ्यामिएर बस्ने तपाईँहरु सबैसँग मेल खाने सामग्री सम्प्रेषण गर्नुलाई हामी आफ्नो आमोदपूर्ण प्रहर ठानेका छौं ।

हामी सीटीजन्स् पाटीमार्फत् सबै खालका वर्तमानको अभिलेख राख्ने प्रयास गर्नेछौं । लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, क्षेत्रीय, जातीय र धार्मिक सद्भाव सम्वर्द्धनप्रति समर्पित हुनुलाई कर्तव्य ठानेर हामी सदा राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष हुनेछौं ।

यसका अतिरिक्त हामी ताजा समाचारसँगै खोजमूलक सामग्रीहरुका साथमा शिक्षा, विज्ञानप्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन, साहित्यका साथमा अन्तर्राष्ट्रिय सामग्रीहरुसमेत समेट्ने छौं ।

हामी यहाँहरुसँग सदा जोडिने प्रयत्न गर्नेछौं । यहाँहरुले पनि हामीलाई एउटा पाठक तथा श्रोताको रुपमा साथ दिनुहुन्छ भन्नेमा विश्वस्त छौं । धन्यवाद !

–सीटीजन्स् पार्टी

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *