२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

दिवंगत अभिनेता सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर रिलिज [भिडिओ]

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म दिल बेचराको सोमबार (आज) रिलिज भएको छ ।

२ मिनट ४५ सेकेन्डको ट्रेलरमा सम्पूर्ण रूपमा सुशान्त र अभिनेत्री सन्जना सांघी छाएका छन् । फिल्ममा क्यान्सरसँग जुधिरहेकी सन्जनालाई खुसी बनाउन निकै कोशिस गरिरहेका देखिन्छन् ।

फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ । सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्म जन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टार्स र यही नामको हलिउड फिल्ममा आधारित छ । यो फिल्म पहिले २९ नोभेम्बरमा रिलिज हुने भनिएको थियो । तर मिति सर्दैसर्दै ८ मे २०२० मा हुने भएको थियो ।

यही बीच कोरोना महामारी फैलियो र सिनेमा हलहरू बन्द भए । त्यसैले यो फिल्म हलमा रिलिज हुनै पाएन । सुशान्तसिंहले गत १४ जुनमा आत्महत्या गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *