२०७८ मंसिर १६, बिहिबार
Follow Us on:

मेसी बार्सिलोनामै रहने

|तस्वीरमा विश्वविख्यात फूटबलर मेस्सी। श्रोतः|

एजेन्सी । लियोनल मेसीले बार्सिलोना अर्को सिजनको अन्त्यसम्म छाड्ने अडकललाई क्लबका अध्यक्षले नकारेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेसीले सोही क्लबबाटै फूटबल करियर समाप्त गर्ने बताएका हुन् ।

जोसेपले ३३ वर्षीय अर्जेन्टिनीले अर्को पटक सम्झौतामा नवीकरण नगर्ने विषयलाई हल्ला मात्रै भएको बताए । मेसीको ला लिगा क्लबसँग २०२१ मा सम्झौता अवधि समाप्त हुँदै छ ।

जोसेपले स्पेनी नेटवर्क मुभिस्टारलाई बताए– ‘हामीहरू धेरै खेलाडीसँग छलफल गरिरहेका छौं, तर मेसीले उनी बस्न चाहेको हामीलाई बताएका छन् । त्यसैले हामी उनीसँग धेरै समयका लागि रमाउन गइरहेका छौं ।’

जोसेपले क्याटालान क्लबको ला लिगामा भियारियलमाथि ४–१ को जितपछि सो प्रतिक्रिया दिएका थिए । यो जितसँगै ला लिगा अंकतालिकामा बार्सिलोनाले शीर्ष टोली रियाल मेड्रिडसँग ४ अंकको दूरी बनाएको छ ।

तर म्यानचेस्टर सिटीले अर्को सिजनमा मेसीलाई अनुबन्ध गर्न गइरहेको छ । यदि पेप गार्डिओला क्लबमा नरहेमा मात्रै यो सम्भव हुन सक्ने स्पेनी फूटबल विशेषज्ञ ग्राहाम हन्टरले बताए ।

उनका अनुसार सिटीका मेनेजर गार्डिओलाले इटिहाडको शैलीमा मेसी योग्य नहुने विश्वास गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Fatal error: Uncaught Error: Call to undefined function popupwfb() in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php:103 Stack trace: #0 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(770): require_once() #1 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(716): load_template('/home/customer/...', true, Array) #2 /home/customer/www/citizenspati.com/public_html/wp-includes/general-template.php(92): locate_template(Array, true, true, Array) #3 /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/single.php(103): get_footer() #4 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template-loader.php(106): include('/home/customer/...') #5 /home/customer/www/citizenspati.com/public_html/wp-blog-header.php(19): require_once('/home/customer/...') #6 /home/customer/www/citizenspati.com/public_html/index.php(17): require('/home/customer/...') #7 {main} thrown in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php on line 103