२०७७ मंसिर १३, शनिबार
Follow Us on:

पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिए, १०३ जना डिस्चार्ज

फाइल तस्वीरः कोरोना अपडेट गराउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५७ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए ।

उनको अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

यस्तै, बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेशनमा रहेका छन् ।

यसैगरी, बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *