२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट लिने तयारी

दूरी कायम गरी परीक्षा सञ्चालन गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए ।

सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजना बनाइएको उनले बताए । चाँडै परीक्षा तालिका पनि सार्वजनिक गरिने पौडेलले बताए ।

बैशाखमा हुने गरेको कक्षा १२ को परीक्षा लकडाउनका कारण रोकिएको थियो । यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए । केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *