२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा एक दम्पतिसहित १० जनाको मृत्यु, एक जनाको जिवित्तै उद्धार

काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिर बेपत्ता भएका ९ मध्ये ८ जनाको शव निकालिएको छ । एक जनाको भने जिवित्तै उद्धार गरिएको छ । पहिरोले पुरिएर घाइेत अवस्थामा उद्धार गरिएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।

मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् । कभर्डहल निर्माणमा खटिएका मजदुर बसेका टहरो गएराति खसेको पहिरोले पुर्दा उनीहरु पुरिएका थिए ।

यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –२ बरुवामा पनि पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो ।

पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *