२०७७ फाल्गुन १३, बिहिबार
Follow Us on:

ओली–प्रचण्ड वार्ताः जनै पूर्णिमाको शुभकामनाबाट सुरु भएको कुराकानी तिक्ततामा पुगेर टुंगियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आइतबार (आज)को वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ । पार्टीभित्र संकट गहिरिँदै गएपछि दुई अध्यक्ष आइतबारदेखि छलफलमा जुटेका छन् ।

आइतबारको छलफलले सहमतिको संकेत गरे पनि सोमबारको छलफल निराशामा बदलिएको बताइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली आइतबारको कुराकानीबाट समेत पछि हटेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार बालुवाटारमा आज बिहान ९ बजेबाट छलफल भएको थियो । र, छलफल १०ः ५० सम्म चलेको थियो । जनै पूर्णिमाको शुभकामनाबाट आदनप्रदान भएको कुराकानी तिक्ततामा पुगेर टुङ्गिएको एक नेता बताए ।

कुराकानीको आरम्भमै अध्यक्ष प्रचण्ड र झलनाथ खनालले स्थायी कमिटी बैठक सुचारु गर्नुपर्ने कुरा राखेका थिए । बैठक अनिर्णयको बन्दी बनेको र अहिले त अनिश्चितकालसम्म स्थगित रहेकाले तुरुन्तै बोलाउनुपर्ने उनीहरूको अडान थियो ।

तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा नजाऊँ बरु सचिवालय बसेर टुङ्ग्याऊँ भनेर अडान राखेपछि कुराकानी बिग्रिएको ती नेताको दाबी छ । आजको छलफलमा सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो । भोलि पनि बैठकलाई निरन्तरता दिनेगरी आजको बैठक सकिएको बालुवाटार स्रोतले जानकारी जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *