काठमाडौं । नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण पार्टी एकीकरणको कामले अझै पूर्णता पाउन नसकेको बताएका छन् ।
नेता नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताए । काठमाडौमा आज भएको एक अन्तरक्रियामा उहाँले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गरे ।