काठमाडौं । सत्तारुढ नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताएका छन् ।
पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको नेता नेपालको भनाइ छ । उनले अध्यक्ष ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुटबाट बाहिर निस्कन नसकेका कारण विस्फोटको अवस्था आएको बताए ।