२०७७ मंसिर १३, शनिबार
Follow Us on:

नेपालमा कोरोनाः थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आइसोलेशनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । यस्तै, बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *