२०७७ मंसिर १३, शनिबार
Follow Us on:

लिदी पहिरो : आज थप एक जनाको सव फेला, बेपत्ता २० को खोजी कार्य जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोेकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको सव फेला परेको छ ।

योसँगै ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ भने २० जना अझै बेपत्ता छन् । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।

हिजो दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको हो भने आज थप एक जनाको सव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *