२०७७ फाल्गुन १३, बिहिबार
Follow Us on:

चितवनमा तीन वरिष्ठ चिकित्सकसहित २७ जनामा कोरोना कोरोना

काठमाडौं । चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गयराति गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकहरु समेत छन् । परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा. कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । यस्तै, चितवनको रत्ननगरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, चितवनकै खैरहनी नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *