२०७८ मंसिर १६, बिहिबार
Follow Us on:

‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसूर नहुने

‘अपराध र सजाय ऐन २०४६ को दफा ३’

फाइल तस्वीर।

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसूर नहुने व्याख्या गरेको छ ।

अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहुर्याउने लज्जाको विषय भनेको छ ।

खेल मिलेमतो कसूरबाट भने अदालतले पाँच खेलाडी र एक प्राविधिक विशेषज्ञलाई असार २ गते नै सफाइ दिएको थियो । कानून अभावमा फौजदारी कसूर ठहर हुन नसक्ने भन्दै अदालतले सफाइ दिएको थियो ।

अदालतले सार्वजनिक गरेको पूर्णपाठ अनुसार राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ ले खेल मिलेमतोलाई राज्य विप्लवमा नसमेट्ने व्याख्या गरेको छ ।

राज्य विरुद्धको कसूर जन्मकैद सम्मको सजाय भए पनि पछिल्लो समय विधायिकाले तय गरेको खेल मिलेमतोको परिभाषाले जन्मकैदमा नसमेटेको पनि अदालतले स्मरण गराएको छ ।

२०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी संहितामा खेल मिलेमतोमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिवानाको व्यवस्था गरेको छ । खेलाडीलाई मुद्दा भने कानून अभावमा राज्य विरुद्धको अपराधमा चलाइएको थियो ।

कानून अभावमा नै अदालतले खेलाडीलाई सफाइ दिएको थियो । मिलेमतोलाई भने अदालतले राष्ट्रिय लज्जा मानेको छ । व्याख्यामा भनिएको छ, ‘यहाँ रकम लेनदेनको जुन कुरा उठेको छ, रकम ट्रान्सफर भएको र बुझेको जुन प्रमाण जुटाइएको छ, जसरी केही खेलाडीले रकम बुझेको कुरा अदालतमा समेत गरेका छन् ।

मिसिलमा जुन कुरा उठाइएको छ सो राष्ट्रिय लज्जाको विषय हो र यस्तो कार्यबाट राष्ट्रको शिर निहुरिन पुग्ने हुँदा यो सर्वथा अनुचित हो । यसमा कुनै द्विविधा छैन । ’यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Fatal error: Uncaught Error: Call to undefined function popupwfb() in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php:103 Stack trace: #0 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(770): require_once() #1 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(716): load_template('/home/customer/...', true, Array) #2 /home/customer/www/citizenspati.com/public_html/wp-includes/general-template.php(92): locate_template(Array, true, true, Array) #3 /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/single.php(103): get_footer() #4 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template-loader.php(106): include('/home/customer/...') #5 /home/customer/www/citizenspati.com/public_html/wp-blog-header.php(19): require_once('/home/customer/...') #6 /home/customer/www/citizenspati.com/public_html/index.php(17): require('/home/customer/...') #7 {main} thrown in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php on line 103