२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

काठमाडौं महानगरमा मात्रै २,३०० बढी संक्रमित, २७ जनाको मृत्यु [थप विवरणसहित]

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा सक्रिय संक्रमितको संख्या बढ्दो छ । उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमणको दर उच्च देखिएपछि काठमाडौं महनगरमा सक्रिय संक्रमितको संख्या बढेको हो ।

महानगरको २० भदौसम्मको तथ्यांकअनुसार महानगरका ३२ वटा वडामा कोरोनाका सक्रिय संक्रमितको कुल संख्या २,३६२ पुगेको छ । जसमध्ये १,२२२ सक्रिय संक्रमितहरू होम आइसोलेसनमा रहेका छन् भने १,१४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा छन् ।

महानगरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले देशभरीका जिल्लामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन् । त्यसमध्ये पनि अधिकांश काठमाडौं महानगरपालिकामा छन् ।

महानगरमा मात्रै कुल संक्रमितको संख्या ३,७६३ पुगेको छ । अहिलेसम्म ९६० जनामात्रै निको भएका छन् । अहिलेसम्म १४ वटा वडामा संक्रमितको संख्या १०० नाघेको छ ।

महानगरको २० भदौसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने क्षेत्रहरूमध्ये स्वयम्भु क्षेत्रमा ३१५, बालाजु क्षेत्रमा २६७, कोटेश्वर क्षेत्रमा २४४, महाराजगञ्ज क्षेत्रमा २२९, त्रिपुरेश्वर क्षेत्रमा १९३, इनबहाल क्षेत्रमा १८६ र कलंकी क्षेत्रमा १८५ जना संक्रमित छन् ।

विवरण हेर्नुस्ः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *