काठमाडौं । नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २,२८७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
यससँगै कूल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।