२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

काठमडौं । नेपालमा पछिल्लो पटक थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको शनिबार बिहान कोशी अस्पतालमा मृत्यु भएको हो ।

बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।  कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो ।

यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको पनि आज बिहान मृत्यु भएको छ ।

इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।

बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *