२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

सरकार मस्त निन्द्रामा छ, कसैको चिन्ता छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको टिप्पणी गरेका छन् । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भी बन्दै गए पनि सरकारले कुनै उनको माग सम्बोधनमा कुनै चासो नदेखाएको नेता थापाको आरोप छ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले ट्वीटरमा लेखेका छन् ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ ।’

उनले सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नभई पद बाँडफाँडको मात्र चिन्ता भएको आरोप लगाएका छन् । नेता थापाले लेखेका छन्, ‘सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने ।’

त्यसैले नागरिक तहबाट जहाँ छौं त्यहीँबाट ‘डा.केसीको जीवन रक्षा गर, सहमतिको पालना गर’ भनेर सरकारलाई खबरदारी गर्नसमेत उनले सबैलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *