२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

राजदूत नियुक्ति विवादपछि बोलाइएको नेकपा सचिवालय बैठक किन भयो स्थगित ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लौटी निर्णयबाट केही नियुक्तिहरु भएको आरोपछि पार्टीमा छलफल गर्न भन्दै शनिबारका लागि सचिवालय बैठक बोलाइएको थियो ।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा शंकरदास बैगरी, अमेरिकाका लागि डा. युवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त निर्णयको नेकपाभित्रै विरोध भइरहेको छ ।

यसअघिको सचिवालय बैठकले नै सरकारले चाल्ने कुनै पनि कदममा पार्टीको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो । यसैगरी सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल हुने तयारी थियो ।

शुक्रबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि शनिबार ४ बजे बैैठक बोलाउने सहमति भएको थियो । सचिवालय सदस्यहरुलाई आइतबार अपरान्ह ४ बजे बैठक बस्ने जानकारी शनिबार गराइएको एक सचिवालय सदस्यले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *