२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

त्रिशुलीमा ट्रक खस्दा घाइते भएका तीन जनालाई ट्रमा सेन्टरमा ल्याइयो

सांकेतिक तस्वीर ।

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रक त्रिशुलीमा खस्दा घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

आज बिहान त्रिशुलीमा ट्रक खस्दा चालक धादिङको गल्छी गाउँपालिका ७ का २७ वर्षीय रोहित तामाङ, ट्रकमा सवार १९ वर्षका राजकुमार लोप्चन र २३ वर्षका राजन भन्ने अर्जुन रुम्बा घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ ल्याइएको प्रहरीले जनाको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान भैरहवाबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ९६२२ नम्बरको ट्रक अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *