२०७८ जेष्ठ ३, सोमवार
Follow Us on:

निषेधाज्ञाका चार दिन: काठमाडौंमा घटेनन् कोरोना संक्रमित

काठमाडौं। सरकारले बैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेर मानिसहरुको आवत–जावतमा प्रतिबन्ध लगाएको छ । बैशाख १५ गते साँझसम्म दशौं हजारले उपत्यका छाडेपछि यहाँ मानिसहरुको चाप ह्वात्तै घटेको छ ।

तर, निषेधाज्ञा शुरु भएको चार दिनसम्म पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो दिनहुँ उकालो लागिरहेको छ । निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् बैशाख १५ गते काठमाडौंका तीन जिल्लामा २४ घण्टाका सक्रिय संक्रमितको संख्या २ हजार २२ थियो ।

जबकि हिजो, अर्थात बैशाख १९ गते काठमाडौं उपत्यकामा यो संख्या बढेर ३ हजार पाँच सय ९५ पुगेको छ ।

निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितहरु १ हजार ४१४ जना थिए । निषेधाज्ञाको पहिलो दिन बैशाख १६ गते काठमाडौं जिल्लामा १ हजार १२७ जना संक्रमित देखिए ।

यो अघिल्लो दिनको भन्दा थोरै कम थियो । तर, निषेधाज्ञाको दोस्रो दिन अर्थात् बैशाख १७ गते संक्रमितहरु ह्वात्तै बढेर २ हजार ४०४ जना पुगे ।

बैशाख १८ गते घटेर १ हजार ९३२ जनामा सीमित भयो । तर, बैशाख १९ गते बढेर अहिलेसम्मकै धेरै २ हजार ७४४ जना पुगेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *