२०७८ जेष्ठ ३, सोमवार
Follow Us on:

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार ज्वरो आएपछि उनले स्टार हस्पिटलमा स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको शर्माले बताए । ’डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ सजग बनौं,’ शर्माले भनेका छन् ।

सभापति शेरबहादुर देउवालाई जानकारी गराएर सक्रिय जिम्मेवारीबाट हप्ता / दश दिनका लागि विदा लिएको उनले  बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *