२०७८ जेष्ठ ३, सोमवार
Follow Us on:

सोलुखुम्बुमा ४ जना कोरोना संक्रमित भेटिए

सोलुखुम्बु । सोलुखुम्बुमा ४ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौँबाट सोलुखुम्बु गएका सोलुदुधकुण्ड नगरपालिका भित्रका २ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको हो ।

जिल्ला अस्पताल फाप्लुमा सोमबार गरिएको एन्टिजेन परीक्षणमा वर्ष ६१ का एक वृद्धा, वर्ष २४ की एक महिला र वर्ष १९ र ३१ का दुई पुरुष रहेका छन् । उनीहरु केही दिन अघि काठमाडौँबाट गएका थिए ।

शंकास्पद लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना देखिएको फाप्लु अस्पातलकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *