२०७८ मंसिर १६, बिहिबार
Follow Us on:

अमेरिकामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जुलाई ४ सम्मा ७० प्रतिशत अवयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् । यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन सुरु गर्ने योजना राष्ट्रपति बाइडेनले बनाएका हुन् ।

स्वतन्त्रता दिवस ९जुलाई ४० सम्ममा देशका १६ करोड वयश्कलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने नयाँ लक्ष्य बाइडेनले तय गरेका हुन् । अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेका छन् । दैनिक १० लाम मानिसले खोप लगाइरहेका छन् ।

तर अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा भएको छ । खोपलाई लिएर शंकामा रहेका तथा खोपको विरोध गरिरहेकाहरुलाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ ।

यसैबिच अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० ले १२ वर्षभन्दा माथिकालाई कोरोना भाइरसविरुद्धको फाइजरको खोप प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ । सो स्वीकृति प्रदान भए लगत्तै १२–१५ वर्षसम्मकालाई पनि खोप दिने योजना बाइडेनले बनाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Fatal error: Uncaught Error: Call to undefined function popupwfb() in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php:103 Stack trace: #0 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(770): require_once() #1 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(716): load_template('/home/customer/...', true, Array) #2 /home/customer/www/citizenspati.com/public_html/wp-includes/general-template.php(92): locate_template(Array, true, true, Array) #3 /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/single.php(103): get_footer() #4 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template-loader.php(106): include('/home/customer/...') #5 /home/customer/www/citizenspati.com/public_html/wp-blog-header.php(19): require_once('/home/customer/...') #6 /home/customer/www/citizenspati.com/public_html/index.php(17): require('/home/customer/...') #7 {main} thrown in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php on line 103