२०७८ मंसिर १६, बिहिबार
Follow Us on:

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

काठमाडौँ । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् ।

संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ ।

एकै दिनको शय्यामा ५० हजार लिइदै

यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो । त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ ।

सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन÷सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Fatal error: Uncaught Error: Call to undefined function popupwfb() in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php:103 Stack trace: #0 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(770): require_once() #1 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(716): load_template('/home/customer/...', true, Array) #2 /home/customer/www/citizenspati.com/public_html/wp-includes/general-template.php(92): locate_template(Array, true, true, Array) #3 /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/single.php(103): get_footer() #4 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template-loader.php(106): include('/home/customer/...') #5 /home/customer/www/citizenspati.com/public_html/wp-blog-header.php(19): require_once('/home/customer/...') #6 /home/customer/www/citizenspati.com/public_html/index.php(17): require('/home/customer/...') #7 {main} thrown in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php on line 103