२०७८ मंसिर १६, बिहिबार
Follow Us on:

राष्ट्रिय सभा उपनिर्वाचन : मनोनयन आज, एमालेको उम्मेदवार को ?

काठमाडौँ । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । तर नेकपा एमाले संस्थापन पक्षले अझै उम्मेदवार टुंग्याएको छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायत विपक्षी दलहरूले भने संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल निर्वाचित भएका थिए ।

उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेर पदमुक्त गरेको छ ।कारबाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यहाँ बादललाई नै नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरेको भएपनि बादलविरुद्ध विपक्षी दलहरुलको गठबन्धन बनेपछि एमाले कमजोर देखिएको छ ।

बादलले हार्ने चुनाव नलड्ने मनसाय राखेपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा एमाले अझै द्वविधामा छ । बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन । केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Fatal error: Uncaught Error: Call to undefined function popupwfb() in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php:103 Stack trace: #0 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(770): require_once() #1 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template.php(716): load_template('/home/customer/...', true, Array) #2 /home/customer/www/citizenspati.com/public_html/wp-includes/general-template.php(92): locate_template(Array, true, true, Array) #3 /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/single.php(103): get_footer() #4 /home/customer/www/citizenspati.com/public_html/wp-includes/template-loader.php(106): include('/home/customer/...') #5 /home/customer/www/citizenspati.com/public_html/wp-blog-header.php(19): require_once('/home/customer/...') #6 /home/customer/www/citizenspati.com/public_html/index.php(17): require('/home/customer/...') #7 {main} thrown in /home/customer/www/citizenspati.com/public_html/wp-content/themes/theme-news/footer.php on line 103